पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत दुई जना बिरामी र पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वीचोकमा कार्यरत एक जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहानै जारी गरेको प्रेस बिज्ञप्ति अनुसार, मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा महानगरपालिका-९ का ७० बर्षीय पुरुष र स्याङ्जा जिल्ला, पुतलीबजार-३ का ७६ बर्षीय पुरुषमा कोरना संक्रमण पुष्टि भएको छ। त्यस्तै पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत पोखरा महानगरपालिका-१६ की २० बर्षीय महिला कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, लमजुङ जिल्ला, सुन्दरबजार-९ स्थित नेपाली सेनाका १६ जना जवानहरुमा पनि कोरोना संक्रमण देखेइको छ।
पोखरा महानागरप्लिकका दुई जनासहित आइतबार बिहान ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यी ३२ जनासहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुईहजार नौसय ३५ पुगेको छ |
