पोखरामा देखिएका १९ मध्ये वडा न- ८ का मात्रै १३ संक्रमित, पश्चिमान्चल सामुदायिक अस्पतालकी स्टाफ नर्ससहित दुई र दुई प्रहरी पनि देखियो संक्रमण

पोखरामा देखिएका १९ मध्ये वडा न- ८ का मात्रै १३ संक्रमित, पश्चिमान्चल सामुदायिक अस्पतालकी स्टाफ नर्ससहित दुई र दुई प्रहरी पनि देखियो संक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ भाद्र २०७७
  • 7.2K
    Shares

एकाबिहानै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्तिमा पोखरा महानगरपालिका वडा नम्बर ८ मा १३ सहित पोखरा महानगरपालिकामा १९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्।

पोखरा महानगरपालिका वडा नम्बर ८ मा सात पुस्रुष र ६ महिला थप संक्रमित भेटिएका छन्।  अन्यमा वडा नम्बर ५, १५, १९, २५ र ३२ मा थप १/१ जना कोरोना संक्रमित थपिएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, कास्की जिल्ला, पोखरा महानगरपालिका-१५ का २३ बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफनर्स हुन भने पोखरा महानगरपालिका-३२ का ५० बर्षीय पुरुष सोहि अस्पतालमा उपचाररत छन्।

पोखरा महानगरपालिका-१९ का २२ बर्षीय पुरुष पोखरामा र पर्वतका २८ बर्षीय पुरुष कुश्मा, पर्बतमा नेपाल प्रहरीमा कार्यरत छन्।  त्यस्तै बाग्लुङ जिल्ला, जैमिनीका ५१ बर्षीय महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत छन्भने अन्य सबै विदेशबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति रहेको निर्देशनालयले जानकारी दिएको छ।

प्रतिक्रिया