एकाबिहानै पोखराका थप नौ जनामा कोरोना संक्रमण पुष्टि

एकाबिहानै पोखराका थप नौ जनामा कोरोना संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ भाद्र २०७७
  • 8.9K
    Shares

गण्डकी प्रदेश स्वास्थ्य सेवा निर्देशनालय

एकाबिहानै पोखरा महानगरपालिकाका थप नौ जना कोरोना संक्रमण पुष्टि भएको छ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालाय पोखराले बुधबार बिहान जारी गरेको बिज्ञप्ति अनुसार, पोखरा महानगरपालिकाको वडा नम्बर ६ र १४ मा थप २/२ नयाँ कोरोना संक्रमित देखिएका छन् भने वडा नम्बर ७, ८. १३ र १७ मा थप १/१जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  थप एक जना संक्रमितको वार्ड खुलेको छैन।

नयाँ संक्रमित मध्ये पोखरा महानगरपालिका-१३ की ३८ बर्षीय महिला साउदी अरबबाट आएर क्वारेन्टाइनमा बसेकी थिइन भने  पोखरा-  १७ र वार्ड नम्बर नखुलेका २२ र २४ बर्षका २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेको बताइएको  छ।  नौ जना नयाँ संक्रमित मध्ये बाँकी छ जना भने कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्ति भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

यसैबीच पछिल्लो जानकारी अनुसार, गण्डकी प्रदेशका दुई हजार छ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २२ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

मृगौला फेल भएर डायलोसिस गराइरहेका नवलपुर जिल्ला, देवचुली नगरपालिका-१ का ६४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछी भरतपुर अस्पताल, चितवनको कोविद -१९ आइ. सी.यु मा उपचार हुँदाहुँदै मृत्यु भएको छ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार