नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट एक पत्रकारको मृत्यु भएको छ।
तीन दशकदेखि कपिलवस्तु सदरमुकाम तौलिहवामा रहेर पत्रकारिता गरिरहेका ६२ वर्षीय पुरुषको मृत्युको कारण कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका स्रोतव्यक्ति कुमार थापाले जानकारी दिए।
सोमबार दिउँसो उनी अचानक बिरामी भएपछि उपचारका लागि तौलिहवास्थित जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन्। थापाका अनुसार मृत्यु भएका ती पत्रकारमा उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या थिए।
कपिलवस्तु नगरपालिकावडा – १ का उनका दुई छोरा कोरोना संक्रमण पुष्टि भएर घरमै आइसोलेसनमा बसिरहेका थिए। कोरोना संक्रमणको आशंका लागेर परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो।
मृत्युपश्चात स्वाब संकलन गरेर बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो। उनमा कसरी संक्रमण भयो भन्ने खुलेको छैन। उनका दुई छोराले पीपीइ लगाएर उनको दाहसंस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ।
कपिलवस्तु जिल्लामा रहेर उनले टेलिभिजन क्षेत्रमा दुई दशकबढी समयदेखि निरन्तर रुपमा पत्रकारिता गरिरहेका थिए।