कोरोनाकाकारण २४ घन्टामा थप १४ जनाको मृत्यु : शुक्रबार थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित

कोरोनाकाकारण २४ घन्टामा थप १४ जनाको मृत्यु : शुक्रबार थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ भाद्र २०७७
  • 4.4K
    Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने शुक्रबार देशभर कोरोनाका एकहजार तीन सय ५९ नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, यो अहिलेसम्मकै बढी एकहजार तीन सय ५९ कोरोना संक्रमितको संख्या हो । यसअघि बिहीबार एकैदिन एकहजार एकसय २८ जना कोरोना संक्रमित थपिएका थिए।

यीसहित हालसम्म संक्रमितको संख्या ४४ हजार दुई सय ३६ पुगेको छ। पछिल्लो २४ घण्टामा एकहजार तीन सय ५४ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५ हजार पांच सय ६१ पुगेको छ। पछिल्लो २४ घण्टामा मृत्यु भएका थप १४ जना कोरोना संक्रमितसहित नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या दुईसया  सय ७१ पुगेको छ।

प्रतिक्रिया