पोखरा महानगरपालिका अन्तरगत वडा न १०, १२ र १३ का बिभिन्न क्षेत्रहरु बेलुका १२ बजेपछि सिल

पोखरा महानगरपालिका अन्तरगत वडा न १०, १२ र १३ का बिभिन्न क्षेत्रहरु बेलुका १२ बजेपछि सिल


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ भाद्र २०७७
  • 24.7K
    Shares

आश तमु पोखरा- पोखरा महानगरपालिका अन्तगर्त वडा न १० १२ र १३ का बिभिन्न क्षेत्रहरुलाई सिल गर्ने निर्णय गरिएको छ ।

आज बसेको वडा जनप्रतिनिधिहरुको सयुक्त बैठकले विश्व व्यापीरुपमा फैलियको कोभिड १९ को प्रकोप यस वडाको समुदाय स्तर सम्म फैलि सकेको स्थितिलाई मध्यनजर गर्दै स्थिति नियन्त्रण भन्दा वाहिर नजाओस भन्ने मनसायले सम्वन्धित टोल विकास समितिका अध्यक्ष ज्यूहरु संगको छलफलमा निर्णय बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।

जारी विज्ञप्तीमा १९ गते शनिवार बेलुका १२ बजे देखी २६ गते राती १२ बजे बेलुका सम्म १० १२ र १३ अन्तगर्तका स्वर्णिम टोल अन्नपुर्ण टोल ,लालीगुरास टोल , भद्रकाली हुदै ढिकाले थर, कुडहर हुदैँ मियापाटन सम्मको सबै क्षेत्र ,लालीगुरास मिनि मार्ग ,प्रगति टोल बिपि मार्ग क र ख , सबै हुदैँ भद्रकाली ख टोल बिकास क्षेत्र ,माछापोखरी देखी संगम टोल ,मियापाटन अन्नपुर्ण टोल हुदैँ बेसलाइन स्कुल भित्रका सबै क्षेत्र सिल गरिएको जनाएको छ ।

यदपी बिहान ११ बजे देखी २ बजे सम्म तरकारी पसल र खाद्दान पसलहरु खुल्ने छन ।यसै गरी अति आवश्यक बाहेक सबै सवारी बन्द रहने छ ।

प्रतिक्रिया