पोखरा महानगर क्षेत्रमा सात प्रहरीसहित १६ जनामा  एकाबिहानै कोरोना संक्रमण पुष्टि

पोखरा महानगर क्षेत्रमा सात प्रहरीसहित १६ जनामा  एकाबिहानै कोरोना संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ भाद्र २०७७
  • 5.8K
    Shares

गण्डकी प्रदेश स्वास्थ्य सेवा निर्देशनालय

पोखरा महानगरपालिका क्षेत्रमा कार्यरत सात प्रहरीसहित १६ जनामा  एकाबिहानै कोरोना संक्रमण पुष्टि भएको छ।

पोखरा महानगरपालिकाको वडा नम्बर १५ क्षेत्रमा कार्यरत सात जना प्रहरी तथा वडा नम्बर १० मा ३ र वडा नम्बर २७ मा दुई जना कोरोना संक्रमित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।  निर्देशनालयले जारी गरेको बिज्ञप्ति अनुसार, वडा नम्बर ५, १२ र १४ का १/१ जनामा कोरोना संक्रमण देखिएको छ।

निर्देशनालयको अध्यावधिक विवरण अनुसार, क्षयरोग उपचार केन्द्र, पोखरा र स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा  ४० जना नयाँ सक्रमित पुष्टि भएका छन्।  यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुईहजार तीनसय ५२ पुगेको छ |

प्रतिक्रिया