पोखरा महानगरभित्र एकै दिनमा २९ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरा महानगरभित्र एकै दिनमा २९ जनालाई कोरोना संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ भाद्र २०७७
  • 9.7K
    Shares

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार पोखरामा मात्र २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ।  निर्देशनालयले बिहीबार दिउँसो तेश्रो पटक प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको छ।

पोखरा महानगर क्षेत्रमा आज देखिएका सबै कोरोना संक्रमित बिरामीहरुको सम्पर्कमा रहेका भएको निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार, संक्रमण पुष्टि हुनेमा पोखरा महानगरका १० वटा वडाका २१ देखि ५२ वर्ष उमेर समुहका महिला तथा पुरुष रहेका छन् । बिहीबार दिउसो महानगरका १, ५ , ८ १०, १२, १३, १४, १६, २७ र ३० वडाहरुमा संक्रमण देखिएको हो ।

पोखरा १ की ४२ वर्षीया महिला ५ का २८ वर्षीय पुरुष , ८ का ३५ र ५८ वर्षका दुई पुरुष, १० का ३८ र ४६ वर्षीया दुई महिला तथा २७ ,३० , ३७, ३८ र ४८ वर्षका पुरुष , १२ का २५ ,३६ ३७, ४४ ,४५ वर्षीया महिला तथा ३१, ३६ र ४७ वर्षका पुरुष , १३ का २१ वर्षीय महिला तथा २२ र ४८ वर्षका पुरुष, १४ का ३५ वर्षीया महिला तथा ४६ वर्षीय पुरुष , १६ का ५२ वर्षका पुरुष , २७ का ३२ र ३७ वर्षीया महिला तथा ३५ वर्षीय पुरुष र ३० का ३५ वर्षीय पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

त्यसै गरी तनहुँ ब्यास १ र ४ का २९ वर्षीया २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ८ पुगेको छ ।

प्रतिक्रिया