लघुकथा  : झुत्रे कमरेड तारा – सुरज उपाध्याय

लघुकथा  : झुत्रे कमरेड तारा – सुरज उपाध्याय


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ भाद्र २०७७
  • 5.7K
    Shares

सुरज उपाध्याय

जिल्ला कारागार अगाडि हिड्दै थिए । पुग्ने कुनै गन्तव्य थिएन ।कहाँ जाने केही थाहा थिएन । कहिलेकाही बिना योजना रानी वन पुग्थे ।गीतका प्लट खोज्थे । आफ्नै सुरुमा थिए ।
जीवन ….जीवन जी ….. ओ जीवन कमरेड …..
चर्को स्वरमा एक जना युवक करायो ।
पछाडि फर्केर हेरे ।सोचे मेरो जनयुद्धकालिन नाम कस्लाई थाहा होला र? अब सबैले बिर्सी सके ।यो मान्छेले अरु कसैलाई बोलाएको होला । उस्को आवाजको वास्ता गरिन । आफ्नै गतिमा पाइला बढाए ।ऊ मेरो नजिकै आएर चिच्चायो ।”चिन्नु भएन ।ओ जीवन दाइ म तारा भाइ के ।कमरेड तारा भुसाल ।”
“कमरेड तारा भुसाल “यो आवाजले म झसङ्ग भए ।उस्लाई मैले बिर्सी सकेको थिए । आज सहिद चोक नजिकै ऊ सँग भेट भयो । हिड्दा हिड्दै म सहिद चोक पुगि सकेछु। आज तारालाई भेट्दा पुरानो दिनको सम्झना आयो । सारै मैलो कपडामा थियो ऊ । शरीरबाट मयलको गन्ध आईरहेको थियो।
उस्को भौतिक अबस्थाको वर्णन गर्न म यहाँ असमर्थ छु । केही बोल्नै सकिन ।उसलाई हेरिरहे । म नबोलेको नदेखेर ।उसलाई अफ्ट्यारो लागेछ ।ऊ आफै बोल्यो “माफ गर्नुस जीवन दाइ ।मैले हजुरलाई बोलाउनु हुन्थेन ।बोलाएर गल्ती गरे ।म गए दाइ”यति बोलेर उ फेरि कारागार तिरै फर्किन खोज्यो ।
मेरा आँखा रसाईसकेका थिए ।उस्को अवस्था देखेर।ऊ हिड्न थाल्यो ।रोकिने अवस्थामा थिएन । घाटिमा आईसकेको हिक्कालाई जबर्जस्ति रोकेर उसलाई बोलाए”तारा भाइ ”
ऊ फरक्क फर्कियो ।आँखा भरी आँसु देखे ।झमक्क साझ परेको थियो ।हामी दुबै जना एक अर्का सँग अंकमाल गर्दै रोयौं । उस्का आसुले मेरो पछाडिको कमेजको भाग पुरै भिज्यो ।केहि बोल्न सक्ने अबस्था नै थिएन ।दुबै जना नबोली नबोली सहिद विजय ढकाल स्मृति पार्क पुग्यौ।

प्रतिक्रिया