आश तमु – पोखरामा शुक्रबार मृत्यु भएका ५२ वर्षिय पुरुष उपचारलाई लमजुङबाट पोखरा आएका थिए । उनको घर लमजुङ मध्य नेपाल नगरपालिका करापुटार ७ थियो ।
उनलाई स्वास्थ्यमा समस्या देखिएपछि पोखरा महानगरपालिका १६ बस्ने आफन्तले पोखरा बोलाएका थिए ।मृत्यु भएका पुरुषमा कोभिडसँगै उच्च रक्तचाप र मधुमेह थियो ।
कोरोना पोजिटिभ देखिएपछी पोखरा विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचारकेन्द्रमा आएका उनी आइसोलेसनमा छिर्न नपाउँदै ढोकामै ढले ।भित्र लगेपछि मृत्यु भएको मात्र थाहा भयो ।
तस्विर आश तमु


