क्षमताभन्दा तीन गुणा कैदीबन्दी राख्दै आएको बागलुङ जिल्ला कारागारको समस्या समाधान हुने

क्षमताभन्दा तीन गुणा कैदीबन्दी राख्दै आएको बागलुङ जिल्ला कारागारको समस्या समाधान हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ साउन २०७७
  • 6K
    Shares

क्षमताभन्दा तीन गुणा कैदीबन्दी राख्दै आएको बागलुङ जिल्ला कारागारको समस्या समाधान हुने भएको छ। जिल्ला कारागारमा छुट्टै महिला बन्दी गृह निर्माण भएपछि लामो समयदेखि झेल्दै आएको कैदीबन्दीको समस्या समाधान हुने भएको हो। अहिले महिला कैदीबन्दी गृह निर्माणसम्पन्न भई हस्तान्तरणको चरणमा छ।

निकै जीर्ण अवस्थामा रहेको जिल्ला कारागारको संरचनाले कैदीबन्दीलाई निकै समस्या भएकाले कारागारको थप क्षमता विस्तारका लागि महिला बन्दी गृह निर्माण गरिएको जिल्ला कारागारले जनाएको छ। महिला बन्दी गृहको काम निर्माणसम्पन्न भई हस्तान्तरणपश्चात् महिला बन्दीलाई स्थानान्तरण गरिनेछ। फागुनमा निर्माण शुरु भएको बन्दी गृह हालै मात्र सम्पन्न भएको जिल्ला कारागारका प्रमुख मोहन उपाध्यायले जानकारी दिए।

केन्द्रीय कारागार व्यवस्थापन विभागले गत वर्ष विनियोजन गरेको रु एक करोडमध्ये रु ६७ लाखमा एमाह रक्षा बिल्डर्स प्रालिले ठेक्का सम्झौतामार्फत काम सम्पन्न गरेको हो। दुई वर्षअघि  बागलुङ, पर्वत र म्याग्दीका कारागार समायोजन गरी बागलुङलाई महिला बन्दी गृह निर्माण गर्ने र अन्य जिल्लामा पुरुष कैदीबन्दी राख्ने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय केन्द्रीय कारागार व्यवस्थापन विभागमा पठाएपछि भवन निर्माणका लागि बजेट विनियोजन भएर आएको हो। दुई कोठा, दुई शौचालय, दुई स्नानघर र बाहिरी कम्पाउन्ड  निर्माण गरिएको हो।

प्रतिक्रिया