गण्डकी स्पोर्टस क्लबको अध्यक्ष बने दिपकराज मुल्मी : १७ सदस्यीय नयाँ कार्यक समिति चयन

गण्डकी स्पोर्टस क्लबको अध्यक्ष बने दिपकराज मुल्मी : १७ सदस्यीय नयाँ कार्यक समिति चयन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ बैशाख २०८३
  • 1.5K
    Shares

पाेखरा, २६ बैशाख २०८३ ।

पोखरामा चर्चित रहेको गण्डकी स्पोर्टस क्लबको दीपकराज मुल्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

शनिबार पोखरामा सम्पन्न उक्त क्लबको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले आगामी दुई वर्ष कार्यकालका लागि मुल्मीको नेतृत्वमा सर्वसम्मत् १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लबको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि मुल्मीको नेतृत्वमा सर्वसम्मत् १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नवगठित उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्ष मिलन पुन, प्रथम उपाध्यक्ष इनोज रञ्जित, द्वितिय उपाध्यक्ष द्रव्यजंग राणा, सचिव चेतनाथ चालिसे, सह–सचिव बिक्की गुरुङ, कोषाध्यक्ष विकास बिजुक्छे र सह–कोषाध्यक्ष सुजन गुरुङ (रेयस) छन्।

सोही कार्यसमितिको सदस्यहरुमा राजकुमार गुरुङ, अनिरुद्र उदास, गुमबहादुर थापा (ईमान), दमनजंग राणा, नविन थापामगर, सुबिन गुरुङ, मनोजकुमार गुरुङ, बासु जिसी र राजेश श्रेष्ठ छन्।

आज सम्पन्न बन्दसत्रमा सह–सचिव चेतनाथ चालिसेले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष विनोद गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन अनुमोदन गरेको छ।

उक्त अधिबेशनको एन्फा कास्कीका पूर्व अध्यक्ष एबम पूर्व राष्ट्रिय फुटबल खेलाडी मोतीमान शाक्यले उद्घाटन गरेका थिए।

कार्यक्रममा निवर्तमान अध्यक्ष सिके, प्रमुख अतिथि शाक्य र सदस्य बिकी गुरुङले शुभकामना मन्तव्य राखे।
निवर्तमान अध्यक्ष उमेश सिकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान सदस्य अनिरुद्र उदासले स्वागत मन्तव्य र सह–सचिव चेतनाथ चालिसेले कार्यक्रम संचालन गरेका थिए।


वि.सं. २०५३ मा पोखरामा स्थापना भएको क्लबले स्थानीय क्षेत्रमा फुटबल, भलिबल र क्रिकेट खेलहरु संचालन गर्दै आएको छ।

प्रतिक्रिया