तेस्रो विश्वयुद्धरुपी काेभिड-१९ र पुँजीवादको विकल्पमा समाजवाद : दलसिंह खत्री ‘मिसन’

तेस्रो विश्वयुद्धरुपी काेभिड-१९ र पुँजीवादको विकल्पमा समाजवाद : दलसिंह खत्री ‘मिसन’


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ चैत्र २०७६
  • 9.3K
    Shares

दलसिंह खत्री ‘मिसन’

१. पृष्ठभूमिः

२०७६ पौष २२ गते चीनको वुहानमा पत्ता लागेको नोवल कोरोना भाइरस कोभिड १९ ले आज विश्वभर महामारीको रुपमा त्रास फैलाईरहेको छ । डा. रमेश प्रसाईंका अनुसार काेभिड-१९ एउटा भाइरस हो । यो भाइरस पहिलो पटक चिनको वुहान भन्ने शहरमा देखिएको थियो । यो भाइरस जब मानिसमा प्रवेश गर्छ तब मानिसमा रोगका विभिन्न लक्षणहरु देखा पर्न थाल्छन् । पहिलो लक्षण व्यक्तिलाई अचानक १०२ डिग्री भन्दा माथि ज्वरो आउँछ भने दास्रो लक्षणमा दुई हप्ता भित्रै श्वास प्रश्वासमा समस्या आउँछ, त्यस्तै तेस्रो लक्षण रातमा घण्टा घण्टामा एकोहोरो खोकी लागिरहन्छ ।

वर्तमान विश्वमा आम नागरिकहरुले कोरोना भाइरस नामक भयानक रोग विरुद्धको लडाईं सामना गरिरहेका छन् । अनुभव विना नै अचानक यो रोग देखापर्दा मृतक र संक्रमितको संख्याको भरमा आशा भरोसामा जीवन निवार्ह गर्नु पर्ने साधारण नागरिक देखि राष्ट्रपति सम्मलाई बाध्य तुल्याएको छ भने द्वन्द्व शसस्त्रको सेना प्रहरीबाट चिकित्सकको काँधमा जिम्मेवारी आई लागेको छ ।

बैचारिक रुपमा पुँजीवादी र समाजबादी दृष्टिकोणले विश्व दुई ध्रुवमा बाँडिन पुग्यो । पुँजीवादी र विकसित राष्ट्रहरुको चरम लापरबाहीले गर्दा रोकथाममा ध्यान पुर्याउन नसक्नु गम्भिर विषय बनेको छ । जसको कारण लाखौँ संक्रमित छन् भने हजारौँको संख्यामा मृत्यु स्विकार गर्नु परेको छ । त्यस्तै समाजवादी राष्ट्रको रोकथाममा ध्यान दिने साथै व्यवस्थित गर्ने र पहलकदमी चाल्ने पुँजीवादी राष्ट्रमा भन्दा अलि बढि देखियो चाहे लकडाउन गरेर होस् या उत्तर कोरियामा गरिएको उपाय, जे होस नियन्त्रण गर्ने सफल देखिए । यस अर्थमा कुनै दृष्टिकोणलाई पक्षपात गरिएको छैन तथापी पुँजीवादी र समाजवादी दृष्टिकोणको द्वन्द्वमा कुनै शंका छैन ।

२. द्वन्द्वः

समाज र प्रकृतिको हरेक अगंमा द्वन्द्व जीवित रहेको हुन्छ । द्वन्द्वबिना सामाजिक र प्रकृति जीवनको परिकल्पना पनि गर्न सकिँदैन । जीवनको लागि संघर्ष अनिवार्य हुन्छ । प्रकृतिमा अनेक घटनाहरु घटिरहेका हुन्छन्, ति सबै खास खास समयमा नियम अनुसार घटिरहेका हुन्छन् । कार्लमार्क्सका अनुसार- संसारलाई बुझ्नु र बदल्नु, भन्ने भनाइले यस्तै किसिमका घटनाहरुलाई चित्रण गर्दछ । अतः यो संघर्ष अथवा द्वन्द्व मुलत प्रकृतिको नियम र दिमागको विचारमा भर पर्दछ र ति फरक फरक विचार र वातावरणले अगाडीको गतिलाई निरन्तर दिन्छ, त्यही नै द्वन्द्व हो ।

३. काेभिड-१९ः

यो एउटा भाइरस हाे जसले विश्वभर महामारीको आतंक फैलाइरहेको छ । मानव जगतमा यो महामारी भने पहिलो र जति वर्तमान समयमा मिडिया द्वारा अति आतंकित गरिएको छ त्यो यथार्थ र साँचो भने होइन । साँचो र यथार्थ त यो हो की विगतमा देखिएका महामारी जस्तै यो पनि एउटा महामारी हो र त्यही ढङ्गबाट रोकथाम गर्न सके त्यति ठुलो हुने थिएन । त्यस्तै वर्तमान समयमा विश्व हरेक दृष्टिमा द्वन्द्वमा फसेको छ, जसले गर्दा यो भाइरसले अस्त्रको रुपमा ग्रहण गर्न पुग्यो तसर्थ मिडिया पनि जोडिनु स्वभाविक छ । यतिबेला सिंगो विश्वले नै सर्वाधिक कठिन मोडको महशुश गरिरहेको छ ।

विश्व जगतमा मानव विकास संगै संघर्षका अनेक भोगाई समाजले भोग्दै आइरहेको छ, यि भोगाई क्रमशः सन् १६५ देखि हालसम्म, प्लेग देखि (covid -19) को. नामकरण गरिएको छ । यि विविध महामारी मध्ये सन् १३१४-१३३५ मा देखिएको महामारी बुबोनिक प्लेग नामक भाइरसले झण्डै २० करोड मानिसहरुको ज्यान लिएको थियो भने पछिल्लो स्वायन फ्लूले समेत २ लाख को ज्यान लिएको थियो ।

मानव विकास संगै समाज विकासका कैयौ चरणमा संघर्षका अनेक रुप प्राकृतिक र कृतिम गरि मानव समाजले पचाउँदै वर्तमान परिवेशमा यो संकट (covid -19) को सामना खेपीरहनु परेको छ । आज यो कोरोना भाइरसको विषयलाई अनेक व्याख्या विश्लेषण गरिएको छ । हामीले समाजमा यसलाई महामारीको हिसावले हेर्दा आज जैविक War को सामना हो भन्न सकिन्छ । किनकी लडाईं सामाजिक र प्राकृतिक दुवै हुन्छन् (covid -19) र यि दुवै लडाईंमा मानव जातीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागी भई संघर्ष भोगिरहेका हुन्छन् ।

४. लडाईं कसरी ?

यो एक किसिमको जैविक लडाईं हो, जसलाई प्राकृतिक लडाईं पनि भन्न सकिन्छ । मानवले मानवलाई शासन गर्न अपनाउने महाशक्तिशाली हतियार आज प्रकृति अस्त्रसँग फेल खान पुगेको छ । एकाएक मानव जीवनशैलीमा परिवर्तन देखिएको छ । पुँजीपतिहरुले पैसालाई पात बराबर पनि नसम्झी सडकमा फ्याँकेका छन् । लडाईंको अनुभुति संकटकालीनमा भन्दा तगडा रुपमा अनुभुत गरिरहेका छन् ।

मानव एक्लै आएको एक्लै जाने हो, साथी भनेको यो भौतिक जीवनको सहयात्री नै हुन् भन्ने अनुभुति पनि भएको छ । लासलाई छुन त के हेर्न पनि नपाइने जसले गर्दा सबै संस्कृति मानव निर्मित हुन् भन्ने कुरा दर्शाएको छ । भौतिक संसारले आत्ध्यात्मकवाद लाई हेर्ने दृष्टिकोणमा फरकपन आइरहेको छ । धनिले गरिबलाई र गरिबले पनि धनीलाई बुझ्ने अवसर जुधेको छ । लकडाउन अर्थात आफूले आफूलाई प्रतिबन्धको तरिकाले कोरोनाभाइरस विरुद्ध प्रतिरक्षात्मक युद्ध लडिरहेका छन् ।

ठूला ठूला क्षेप्र्यास्त्र भएका देश र शासकहरु उत्तानो परेका छन् । कति सामान्य व्यक्ति, उच्च व्यक्ति र विकसित राज्य यो लडाईंको निम्ति सर्वहारा वर्गमा चित्त बुझाउनुपर्ने स्थितिमा छन् । कसरी टिक्ने हो अति कठिन भएको छ । पुँजीवादको घमण्ड गर्ने देशहरुले बढि क्षति बेहोर्नु परेको छ भने चीनको उद्गम थलो वुहानमा संक्रमण घटेको समाचारमा सास फेर्नुपर्ने बाध्यता बनेको छ । विश्वका हरेक मानिसहरुले संक्रमणको कस्टडी झेल्नु परेको छ । कोरोना भाइरसको त्रासको कारण सबैलाई घर घरमा र कोठा कोठामा बन्दी बनाएको छ । पुलिस, आर्मी, मन्त्री, राजा, बादशाह सबैलाई मुन्ट्याएर ल्याएको छ । अतः लडाईं मानव मानव नभएर मानव र प्रकृतिबीचको लडाईं हो भन्न सकिन्छ ।

५. सीमा र हतियारः

साम्राज्यवाद र विस्तारवादले तय गरेका सीमा आज तोडिन पुगेका छन् । यो संकटको समयमा हरेक व्यक्ति जुन देश अर्थात ठाँउमा रोकिएको छ, त्यही देश र ठाँउलाई नै घर र आफ्नोपन सम्झनुपर्ने बाध्यता छ । गरिब मुलुकमा सीमामा रोक्नु पर्ने प्रहरी र जनताबीचको व्यवहार हेर्दा राज्यको नाङगो हस्तक्षेप माथि घृणा गर्नुपर्ने हर्कत देखिएको छ ।

हाम्रो जस्तो मुलुकमा चारैतर्फ पर्खाल अनि यही देशमा रोजगार अनि राम्रो शिक्षादिक्षा, भष्ट्राचार र कालोबजारी मुक्त , स्वास्थ्यमा चिकित्सकहरुलाई निःशुल्क पढाई हुन्थ्यो भने आज यो संकटको समयलाई सामना गर्न कति सहज हुन्थ्यो तर यहाँ पुँजीवाद मात्र होइन दलाल पुँजीवाद सबै मेडिकल दलालको थियो । त्यसैले गर्दा यो समयमा सहयोग गर्नुको सट्टा समस्या पर्दा सबै भागिरहेको छन् ।

राज्यको मेडिकल होईन अनि कसरी राज्यले नियन्त्रण गर्छ ? शान्तिकालमा लुटे, संकटमा भागे तर चिकित्सकहरुले करोडौँ खर्च गरी पढे आज त्यही राज्य सञ्चालकहरुले खुट्टा ढोग्दै छन् । त्यही पुँजीवाद दलालहरुलाई कलेज व्यक्तिगत रुपमा चलाउन दिनुपर्छ भन्ने झोलेहरु र अन्धभक्तहरुले गुहार्दै छन् । अचम्म लाग्छ, तर आशा पनि छ यी अन्धभक्तहरुको दिमागमा पनि कुनै दिन बुद्धिको विकास हुने छ की……

विश्व मानवलाई अधिनमा राख्न आदिम युगमा ढुङगा मुढा, भाला द्वारा लडाईं गरियो । समय विस्तारै बदलिँदै गयो त्यसपछि बन्दुक, खुकुरी र वाणहरुको आविष्कार गरियो, फेरी अटो हतियार, मेशिन गन, बम, लडाकु जहाज, मिसाइल पनि बनाइयो, त्यसैगरी २० औँ शताव्दी तिर आउँदा त आणविक हतियार, रोवर्ट हुँदै साइवर वारसम्म निर्माण गरेर मानव जातिलाई नियन्त्रण गरी केही मुठ्ठीभर पुँजीपतिले विश्वलाई कब्जा गरे र हाल यो जैविक वारको युग शूरु भयो भन्न सकिन्छ । त्यसैले यो भाइरस जैविक अस्त्र हो, जुन सबैभन्दा खतरनाक सावित भईरहेको छ ।

६. धार्मिक लडाईंः

सदियौँ देखि चलिआएको धार्मिक संगठनहरु यति बेला यो लडाईंमा नतमस्तक छन् । विगत मानव उत्पतिदेखि यिनीहरुले गरेको पाप यहि कोरोना हो । मान्छेले मान्छेलाई जनावरको व्यवहार गर्न सिकाउने हिन्दु धर्म प्रमुख स्रोत हुन पुग्यो ।

महाभारत, रामायण जस्ता कालखण्डबाट लड्न सिकाउने वर्णश्रमद्वारा दलितलाई दानव सम्झि मार्दा पाप नलाग्ने र विश्वमा राज गर्न तम्सने विकृति, विसंगति ठूला मान्छेद्वारा साना मान्छेको वर्गीकरण गर्नें कार्य ग-यो । यसैगरी क्रिशियन, इसाई, मुस्लिमले धर्मको नाममा अनेक लडाईं र रगतको खोला बगाए, त्यही प्रदुषणबाट यो कोरोनाको रोकथाम हुन सकेन ।

आज पाश्चरले कोरोना भगायौ भन्छ अर्कोले हाँसोमा उडाउँछ, हिन्दु मर्छ मुस्लिमले काज गर्छ, क्रिशियनले बाइबलद्वारा मन्त्र पढ्छ, बाैद्धले घन्टी हल्लाउँछ, मुस्लिमले घोप्टो पर्न छोड्दैन इत्यादी । तथापी उनिहरुको आस्था होला तर यहाँ भन्न खोजेको कुरा त्यहाँ द्वन्द्व छ भन्न खोजिएको हो । द्वन्द्व गर्न भन्दा रोकथाम गर्न जस्तै उद्धार गर्न खोज्ने मानसिक चिन्तालाई प्रोत्साहन गर्ने, साँचो कार्य गर्न धर्मालम्वीहरु पनि सच्चिन आवश्यक देखिन्छ ।

७. नेपाली समाजमा प्रभावः

सिङगो मानव जाति माथि देखा परेको यो मानवीय संकटलाई विश्व मानव जातीकै सदस्यको हिसावले सोच्नुपर्दछ । जसरी अन्य महामारी फैलिएको छ र त्रास फैलिएको छ, त्यो विषय हाम्रो देशमा पनि कमी छैन । पुँजीवादी र समाजवादी दृष्टिकोणबाट संसारभरिका वुद्धिजिवी र विज्ञहरु दुई ध्रूवमा जवरजस्ती कित्ताबन्दि हुँदा हाम्रो देशमा पनि विज्ञहरु कलम चलाईरहेका छन् । एकथरी वुद्धिजिवीले पुँजीवादको असफलता लाई पुँजीवादी व्यवस्थाबाट मानिसहरुको आस्था नडगमगाओस् भनेर उदारवादी सोचाई सहितका विचारहरु प्रकट गरिरहेका छन् । लकडाउनको निति विदेशीहरुले गरेको थाहा भएपछि मात्र नेपालमा अपनाइएको छ । जबकी पहिलो संक्रमित देखि नवौँ संक्रमित व्यक्तिको संक्रमण विदेशबाट नेपाल आएपश्चात देखिएको हो । दिन प्रतिदिन संकटग्रस्त बन्दै गईरहेको पुँजीवादको आर्थिक मन्दी र त्यसले निम्त्याएका अनेकौ संकटलाई कोरोनाको कारण देखाएर पुँजीवादको रक्षा गर्न कसिएका छन् ।

पुँजीवादको रक्षाकै लागि क्रिशियन पाश्चरले दक्षिण कोरियामा सयौँलाई कोरोनाबाट संक्रमित गर्ने कार्य गरियो । अमेरिका र विकसित पुँजिवादी राष्ट्रको चरम लापरवाहीले तिनको सिको गर्नलाई हाम्रो नेपालका मन्त्रीहरु पनि अछुतो रहेनन् । कोरोनाको कारणलाई देखाई स्वास्थ्य मन्त्री जस्ता जिम्मेवारी व्यक्तिलाई चिकित्सक सामाग्री आयात गर्ने सन्दर्भमा कालोबजारीको आरोप आउनु नेपाली जनताको लागी निकै दुःखद विषय बनेको छ ।

सीमामा खुला हुनु राज्यको गल्ति हो तर एउटा गरिबले चामल ल्याउँदा सुरक्षाकर्मीले कुट्नु कति न्यायपूर्ण कार्य होला ? राज्यका मेडिकलहरुले कालोबजारी गर्नु र विरामीलाई चेकजाँच गर्न नमान्नु यो पुँजीवादको नाङगो हस्तक्षेप नै हो । नेपालको राजाले २ करोड र धनाढ्य विनोद चौधरी, सुमार्गी र चन्द्र ढकाल जस्ता व्यक्तिहरुले मिलेर १ करोडको दरले छारो हाल्नु दुःखद विषय हुन् । पुँजीवादले मरेपनि शोषण गर्छ भन्ने कुरा प्रस्ट छ । पुँजीवादले मानवताको पक्षमा वकालत गर्दैन भन्ने कुरा नेपालका पुँजीपतिहरुले आफ्नो चरित्रबाट नै देखाएका छन् ।

श्रमजिवी वर्ग, सिपाही, प्रहरी र चिकित्सकलाई जवरजस्ती कजाइएको छ, जुन वर्ग आफैँमा सुरक्षित छैनन् । बझाङमा चैताली मेला नियन्त्रण नगर्नु, मन्त्रिपरिषद्ले आफैँ नियमको उल्लंघन गर्नू र लकडाउनको अवज्ञा गरेको भन्दै सर्वसाधारणलाई एउटै भेनमा बाख्रा कोचे जस्तो व्यवहार देखाउनु यो राज्यको पुँजीपति वर्गको चरित्र हो भन्न सकिन्छ ।

८.निश्कर्षः

कोरोनाभाइरस एउटा महामारी हो जसलाई जैविक लडाईं पनि भन्न सकिन्छ । यसको पहिचान, क्षति र रोकथामको विषय मुख्य हुन् । यो लडाईं प्रकृति र मानवबीच चल्ने हुँदा समग्र मानवशक्ति नतमस्तक बनेको छ र यसको विरुद्ध एक भई लड्नुपर्ने पनि चुनौति देखिन्छ । यो लडाईंले विश्व समाजलाई समाजवादी र पुँजीवादी गरी दूई ध्रुवमा बाँडिएको छ ।

समाजवादी राष्ट्र पुँजीवादी राष्ट्र भन्दा असल चरित्र सावित भएको अनुभुति गर्न सकिन्छ । यो केवल प्राकृतिक मात्र होइन मानव सिर्जित प्राकृतिकको परिणाम पनि हो । आजको विश्व व्यवस्थाको मूल्य र मान्यता बोकेको राजनितिक प्रणाली रहँदासम्म मानव जातिले व्यहोर्नु पर्ने यसखाले महासंकटको कोटा त्यति सामान्य छैन । यो संकटले हामीलाई यस्तो पाठ सिकाएको छ कि मानव मानव भएर बाँच्न सिकौँ, जसमा नयाँ विश्वको परिकल्पना गरियोस्, नयाँ राजनीतिक प्रणाली र नयाँ मानव ज्ञान सहितको सामाजिक व्यवस्था कायम होस् । प्रकृतिको हमलालाई पुँजीवादले प्रतिरोध गर्न सकेन र आज आम नागरिक कोरोना भाइरसको आक्रमणमा परेका छन् ।

अतः कोरोना भाइरस प्रतिरोधको लागि स्वास्थ्य परीक्षणको सुविधा जनताको पहुँचसम्म पु-याउनु पर्ने, आम नागरिकलाई खानपानको व्यवस्था गर्नुपर्ने, सुरक्षा सामाग्री यथाशिघ्र उपलब्ध गराउनुपर्ने, कालाबजारी रोक्नुपर्ने व्यवस्था प्रति सचेत नागरिक र सम्बन्धित राज्य खटिनु पर्ने, देशमा भएका सम्पूर्ण मेडिकलहरुलाई राज्यले हातमा लिई अब उप्रान्त निःशुल्क चिकित्सा शिक्षाको व्यवस्था गरी डाक्टरको उत्पादनमा जोड दिने, सीमामा पर्खाल लगाई No Man Land को भूमि कायम गर्ने जस्ता कार्यनिति अपनाई एकताबद्ध हुँदै पुँजीवादको विकल्पमा समाजवादको यात्रा तय गर्नुु यो नै मानवजातिको सुन्दर भविष्य हुनेछ ।dalsinghkhattri73@gmail.com

प्रतिक्रिया