अवैध तरीकाले सालको मुडा तनहुँतिर लैजाँदै गरेको ट्रयाक्टरसहित चालक कास्कीको भरतपोखरीबाट प्रहरी नियन्त्रणमा

अवैध तरीकाले सालको मुडा तनहुँतिर लैजाँदै गरेको ट्रयाक्टरसहित चालक कास्कीको भरतपोखरीबाट प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, २८ साउन २०८३
  • 836
    Shares

पोखरा, २८ साउन २०८३।

अबैध तरीकाले सालको काठ तनहुँतिर लैजाँदै गरेको एक ट्रयाक्टरका चालक कास्स्कीको भरतपोखरीबाट सालको काठसहित पक्राउ परेका छन्।

पोखरा महानगरपालिका–३३, बराह क्षेत्र हुँदै अवैध रूपमा सालको काठ तनहुँतिर लैजाँदै गर्दा बुधबार दिउँसो करिब ३ः३० बजे ग १ त ६५३८ नम्बरको ट्याक्टर र त्यसका चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का ३१ वर्षीय जीवन परियारलाई प्रहरीले पक्राउ गरेको हो।

उक्त ट्रयाक्टरमा लोड गरिएको अवस्थामा सालको मुडा (खाम) ३७ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। काठ ओसारपसारका लागि आवश्यक कुनै पनि कागजपत्र साथमा नभएको पाइएपछि ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। काठ बोकेको ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाएको प्राप्त समाचारमा जनाइएको छ।

बरामद काठ, ट्याक्टर तथा चालक परियारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया