मन्त्रीसहित वरिष्ठ कांग्रेसका नेताहरु बसेको मञ्च भत्कियो, महिला नेतृको खुट्टा भाँचियाे

मन्त्रीसहित वरिष्ठ कांग्रेसका नेताहरु बसेको मञ्च भत्कियो, महिला नेतृको खुट्टा भाँचियाे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ पुष २०७३
  • 11.2K
    Shares

धादिङको मिलनटोलमा निर्माण हुन लागेको विपी स्मृती भवनको सिलन्यास गर्न आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, रामशरण महत, मिनेन्द्र रिजाल, उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे लगायतका ४८ जना नेता कार्यकर्ता बसेको मञ्च भत्किएपछि केहि क्षण भागदौड मच्चिएको थियो ।
उक्त कार्यक्रम २ करोड ८६ लाख रुपैयाँमा बन्नलागेको भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गन राखिएको थियो ।
‘ओरालो जमिनमा फलामे मञ्चको उचित व्यवस्थापन गर्न नसक्दा पुरै मन्च ढल्न पुग्यो,’ नेपाली कांग्रेसका जिल्ला सभापती रमेश धमलाले बताए ।
मञ्चमा कास्की, चितवन, सिन्धुली जिल्लाका पार्टी सभापतीहरु, नेपाली कांग्रेस केन्द्रिय सदस्य सरीता प्रसाई, लगायत जिल्ला स्तरिय ४८ जना नेता कार्यकर्ताहरुले अतिथी आशन गरिसकेका थिए भने उदघोषले थप अरु मञ्चमै बोलाउदैं गर्दा मञ्च भत्किएको थियो ।

मञ्च ढलेपछि पाहुनाहरुलाई माला लगाएर स्वागत गर्दै गरेकी नेपाल महिला संघकी नेतृ भगवती पौडेलको खुट्टा भाँच्चिएको छ ।

प्रतिक्रिया