‘प्रधानमन्त्रीलाई गो`ली हान्छु’ भन्ने युवा पक्राउ

‘प्रधानमन्त्रीलाई गो`ली हान्छु’ भन्ने युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ बैशाख २०८३
  • 931
    Shares

पोखराम ८ बैशाख २०८३।

‘प्रधानमन्त्रीलाई गो`ली हान्छु’ भन्ने युवा पक्राउ परेका छन्।

‘ओली–लेखकलाई रिहा नगरे प्रधानमन्त्रीलाई नै गो`ली हान्छु’ भन्ने युवा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बझाङकाे थलारा गाउँपालिका-४ मयलका सानुभाइ भनिने साजन विष्ट रहेका प्रहरीले जानकारी दिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सिनामंगलबाट हिरासतमा लिएको हो ।

साजनले सानुभाइ नामको फेसबुक एकाउन्टबाट ओली, लेखक र सम्पत्ति शुद्धीकरणमा पक्राउ पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई रिहा गर्न सरकारलाई भनेका थिए । उनले अन्यथा, प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङलाई गोली हान्न आफ्नो टिम बाध्य हुने बताएका थिए ।

साजनले उक्त घटना गराउन एके४७ राइफल काठमाडौं ल्याइसकेको चेतावनी दिएका थिए । पक्राउ परेका उनीविरुद्ध साइबर कसुरमा अनुसन्धानका लागि साइबर ब्यूरो पठाइएको छ ।

उनी पाँच वर्षदेखि भारतको बैंगलोरमा बस्दै आएका थिए । उनले बैंगलोरमा फेन्सी स्टोरमा काम गर्ने गर्दै आएका थिए । विष्टले भारतमै पनि श्रृंखलाबद्ध अपराध गरेको खुलेको छ।

प्रतिक्रिया