गएराती कञ्चनपुरमा आयोजित बिबाह समारोहमा एक युवाको हत्या

गएराती कञ्चनपुरमा आयोजित बिबाह समारोहमा एक युवाको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ बैशाख २०८३
  • 1.6K
    Shares

पोखराम ८ बैशाख २०८३।

गएराती कञ्चनपुरमा आयोजित एक बिबाह समारोहमा सहभागी एक युवाको हत्या भएको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–५, भानुबस्तीमा आयोजित एक बिबाह समारोहमा सहभागी १८ वर्षीय उज्वल सायरको हत्या भएको हो।

गएराति साढे १ बजेतिर भानुबस्तीमै विवाहमा गएका बेला झगडा हुँदा उज्वलमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएमा उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी शाहीले बताए । उनको छातीमा धारिलो हतियार प्रहार भएको थियो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका उनीहरुको परिचय गोप्य राखिएको छ ।

प्रतिक्रिया