भारतबाट नेपाल आउने सवारी साधन जफत वा लिलामी गर्न सकिने सम्मको काठमाण्डौस्थित भारतीय राजदुताबासले ल्यायो नयाँ नियम

भारतबाट नेपाल आउने सवारी साधन जफत वा लिलामी गर्न सकिने सम्मको काठमाण्डौस्थित भारतीय राजदुताबासले ल्यायो नयाँ नियम


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ बैशाख २०८३
  • 1.1K
    Shares

पोखराम ८ बैशाख २०८३।

काठमाडौंस्थित भारतको दूतावासले नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनका लागि नयाँ व्यवस्था सार्वजनिक गरेको छ।

अब भारतीय सवारी साधनले भन्सार शुल्क तिरेर वर्षमा अधिकतम ३० दिनसम्म नेपालमा बस्न सक्नेछन्। छोटो अवधिका लागि आउने सवारीका लागि भने “डे पास” (Day Pass) को व्यवस्था गरिएको छ, जसअन्तर्गत एक दिनसम्म नेपालमा बस्न पाइनेछ।

नियम उल्लंघन गर्दा कडा कारबाही

अधिकारिहरूले चेतावनी दिएका छन् कि निर्धारित समयभन्दा बढी बस्ने वा अवैध रूपमा प्रवेश गर्ने सवारी साधनलाई भन्सार ऐनअनुसार जफत वा लिलामीसमेत गर्न सकिन्छ।

प्रतिक्रिया