परिवर्तन पक्षधर शक्ति कमजोर बन्दा परिवर्तन उल्टाउने कोशिस हुदैछ – प्रचण्ड

परिवर्तन पक्षधर शक्ति कमजोर बन्दा परिवर्तन उल्टाउने कोशिस हुदैछ – प्रचण्ड


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ पुष २०७३
  • 5.9K
    Shares

काठमाडौँ, ११ पुस ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन उल्टाउने कोशिस भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।
 
माओवादीका नेता तथा सांसद् भक्तिप्रसाद पाण्डेको जीवनयात्रा -पुस्तक’चाचा’ विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादी शक्ति फुट्दा र परिवर्तन पक्षधर शक्ति कमजोर बन्दा परिवर्तन उल्टाउने कोशिस भइरहेको बताएका हुन् ।
 
प्रधानमन्त्रीले भने,- ‘बलियो नेतृत्व नहुने हो भने अराजकता फैलिने खतरा बढेको छ ।तर, देश अब २०४६ सालतिर फर्किँदैन ।’ परिवर्तनलाई संस्थागत गर्न सबै माओवादी शक्ति तथा परिवर्तन पक्षधर शक्ति एक ठाउँ उभिनुपर्ने उनको भनाई छ ।
 
यस्तै नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले विचार र आर्थिक समृद्धिको आधारमा सबै परिवर्तन पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्ने बताए ।

प्रतिक्रिया