प्रम निवास बालुवाटारमा मिति २०७६/१०/२१ गते पत्रकारहरुलाई आयोजित कार्यक्रममा प्रम ओलीले बाँसुरी बजाएको र शिर्षस्थ नेताहरु झलनाथ खनाल तथा माधब नेपालले सारंगी बजाएको सुन्दर तस्बीर मंगलबार सार्वजनिक भए। तर त्यस कार्यक्रममा उनीहरुले बजाएको बाजाको धुनको भिडियो भर्खर सार्वजनिक भएको छ।
प्रधानमन्त्रीले मञ्चमा पुगेर सारङ्गी बजाउने कोशिष गरे। तर माइकमा आवाज केही सुनिएन, अनि हल हासोले गुन्जयमान भयो । आफनो मात्रै प्रयासले नहुने भन्दै उनले पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनाललाई पनि साथ दिन आग्रह गरे। प्रधानमन्त्रीले सँगै बाजा बजाऔं भन्ने प्रस्ताव राखेपछि उनीहरु पनि मन्चमा पुगेर बाजा बजाए।
पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई दायाँबायाँ राखेर प्रधानमन्त्रीले बासुरी बजाइरहदा हलमा सहभागिहरुले निक्कै नै ठुलो हुटिङ्ग बर्साएका थिए ।