संविधान संशोधन थाती राखेर चुनाव घोषणा गर्न सरकारलाई कांग्रेसको सुझाव

संविधान संशोधन थाती राखेर चुनाव घोषणा गर्न सरकारलाई कांग्रेसको सुझाव


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० पुष २०७३
  • 7.7K
    Shares

नेपाली कांग्रेसका नेताहरुले संविधान संशोधन बिधेयक थाती राखेर भए पनि तत्काल स्थानीय निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आइतवार विहान बसेको पदाधिकारी बैठकमा यस्तो सुझाव आएको हो ।

बैठकले स्थानीय तह वा निकाय जुनसुकै भए पनि चैतमा चुनाव हुनुपर्ने निर्णय गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले संविधान संशोधन बिधेयक थाति राखेर भए पनि चुनाव घोषणा गर्न अधिकांश पदाधिकारीले सुझाव दिएको बताए । उनले एमालेलाई सहमतिमा नलिई संविधान संशोधन र चुनाव दुबै असम्भव भएकाले संशोधन बिधेयक थाति राख्नु उपयुक्त हुने बताए ।

कांग्रेसका नेताहरुले स्थानीय चुनाव पुरानै संरचना अनुसार गर्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ । बैठकमा सभापति देउवाले संविधान संशोधन नगरी मधेसी मोर्चा चुनावमा आउने सम्भावना नरहेकाले एमालेले हठ नछाड्दा समस्या उत्पन्न भएको बताएका थिए ।

प्रतिक्रिया