धनुषाको हनुमान मन्दिरमा बस्दै आएका एक पुरुषको गएराती हत्या

धनुषाको हनुमान मन्दिरमा बस्दै आएका एक पुरुषको गएराती हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ साउन २०८३
  • 1K
    Shares

hanuman mandir, धनुषा , हनुमान मन्दिर

काठमाडौं, १५ साउन २०८३।

धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित हनुमान मन्दिरमा बस्दै आएका एक पुरुषको गएराती धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

हँसपुर नगरपालिका–३ मलहनिया घर भै हनुमान मन्दिरमा बस्दै आएका ४५ वर्षीय बन्ठु राउत गडेरीको गएराती धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

गएराति अज्ञात व्यक्तिले उनीमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेका अनुसार हत्या कसले र किन गरेको हो भन्ने विषय अझै खुल्न सकेको छैन। घटनामा प्रयोग भएको हतियार, सम्भावित संलग्न व्यक्तिहरू तथा घटनाको कारणबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले बताए। 

प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गर्नुका साथै स्थानीयसँग सोधपुछ र आवश्यक प्राविधिक अनुसन्धानसमेत अघि बढाएको जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार