देवानगञ्ज घटनामा सरकार–पीडित परिवारबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने(पूर्णपाठ)

देवानगञ्ज घटनामा सरकार–पीडित परिवारबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने(पूर्णपाठ)


  • जन संचार
  • शुक्रबार, १५ साउन २०८३
  • 855
    Shares

काठमाडौं, १५ साउन २०८३।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ६ बुँदे सम्झौता भएको छ।

सम्झौताअनुसार नेपाल सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख छ। देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा पनि आवश्यक छानबिन तत्काल सुरु गरिने भएको छ।

सहमतिअनुसार मृतक प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ। घटनाबारे गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव र सिफारिसलाई कानुनबमोजिम कार्यान्वयन गरिने पनि गृह मन्त्रालयले जनाएको छ।

त्यसैगरी, दुवै मृतकको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिने सहमति भएको छ।

सम्झौतापत्रमा मृतकका अभिभावक तथा गृह मन्त्रालयका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्। साथै, मृतकहरूको अन्तिम संस्कार तोकिएको मिति र समयमा गर्ने सहमति पनि भएको उल्लेख छ।

हेर्नुहोस् सम्झौता 

प्रतिक्रिया