प्राधिकरणमा बस्नै मान्दैनन उच्च कर्मचारी

प्राधिकरणमा बस्नै मान्दैनन उच्च कर्मचारी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० पुष २०७३
  • 8.5K
    Shares

काठमाडौं, १० पुस ।

पुनर्निर्माण प्राधिकरणका दुई जना सहसचिवको सरुवा भएको छ । यो सरुवासँगै प्राधिकरणमा उच्च तहका कर्मचारी केही समय आउने र सरुवा हुने क्रम बढको छ ।

सामान्य प्रशासन मन्त्रालयले विदेशी समन्वय तथा नीति निर्माण महाशाखा प्रमुख सहसचिव रामप्राद थपलिया र ग्रामीण आवास तथा बस्ती विकास महाशाखाका रामचन्द्र श्रेष्ठको सरुवा भएको हो ।

‘पुनर्निर्माण नेतृत्व प्रति असहमति जनाउँदै उनीहरुले प्राधिकरणमा बस्न मानिरहेका थिएनन्,’ मन्त्रालय स्रोतले भन्यो, ‘प्राधिकरणका विज्ञ समूह र नेतृत्व प्रति थप असन्तुष्टि बढेपछि उनीहरुले सरुवा माग गरेका थिए ।’

यसअघि पनि प्राकिरणका दुई सहसचिव छोटो अवधिमात्रै बिताएर सरुवा भएका थिए ।

प्राधिरणनै तोकिएर सरुवा भएका सहसचिव मधुप्रसाद मरासिनी त हासिर हुनसमेत मानेनन् ।

प्राधिकरणमा ४ जना सहसचिवको दरबन्दी हो ।

प्राधिकरण गठन लगत्तै २०८ जना कर्मचारकिो दरबन्दी कायम गरिएको थियो । तर दरबन्दी अनुसार कर्मचारी आउन नमानेपछि पछिल्लो समय यसलाई घटाइएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया