८ मत हराएपछि राष्ट्रिय सभागृहमा झडप

८ मत हराएपछि राष्ट्रिय सभागृहमा झडप


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ फाल्गुन २०७२
  • 11K
    Shares

काँग्रेस सभापतिको निर्वाचनमा ८ मत हराएपछि भएको विवाद झडपमा परिणत भएको छ । मतदानमा ३ हजार १ सय मत परेकोमा एक सय मत सदर भएका छन् भने ८ मत हराएका छन् । देउवापक्षका नेता कार्यकर्ताले मत ८ मत कहाँ गए भन्दै निर्वाचन समिति समक्ष खोजीहरेका थिए । निर्वाचन समितिका अध्यक्ष राधेश्याम अधिकारी तनावमा रहेको बेला एक्कासी हात हालाहाल भएको थयो ।
छलफलकै लागि देउवा समूहका एजेण्ट बसेका सुवास पोखरेललाई निर्वाचन समितिले भित्र बोलाएको थियो । तर प्रहरीले उनलाई सोधखोज गरेपछि उनी आक्रोशित भएका थिए । त्यसपछि उनी लगायतका काँग्रेस कार्यकर्तामाथी प्रहरीले एकाएक लाठी प्रहार गरेको आरोप छ । झगडा पछि यहाँ भागाभाग भएको छ । ठूलो संख्यामा प्रहरी परिचालित भएको छ ।

प्रतिक्रिया