घोराहीको मसोट खोलामा बस दुर्घटना, तीनको मृत्यु

घोराहीको मसोट खोलामा बस दुर्घटना, तीनको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ पुष २०७३
  • 7.3K
    Shares

दाङ, ७ पुस ।

लमही–घोराही सडकखण्डको मसोट खोलामा लु२ख ७७६ नंको बस आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् ।

दुर्घटनामा परी प्युठान खालाकी ३८ वर्षीया देहोरी विक र सौडियारका ६० वर्षीय चित्रबहादुर श्रेष्ठको मृत्यु भएको ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक नन्दकुमार पोख्रेलले जानकारी दिएका छन् । एक मृतकको भने सनाखत हुन सकेको छैन ।

आज दिउँसो लमहीबाट घोराहीतर्फ आइरहेको गाडी दुर्घटनामा परेको हो । घाइतेहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराही र स्वास्थ्य केन्द्र लमहीमा उपचार भइरहेको छ । घाइतेको उद्धार कार्य जारी छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया