हावाहुरीले कांग्रेस मतदान स्थलको टेन्ट उडायो, तीन घाइते

हावाहुरीले कांग्रेस मतदान स्थलको टेन्ट उडायो, तीन घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ फाल्गुन २०७२
  • 11.9K
    Shares

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको राष्ट्रिय सभागृह क्षेत्रमा ठूलो हावाहुरी चलेको छ । हावाहुरीका कारण टेन्ट नै उडाएको छ । मतपेटिकाहरुलाई प्रहरीले सुरक्षा दिएको छ । मतदानका लागि टेन्ट टाँगेर बुथहरु बनाइएको थियो । मतदान अन्तिम चरणमा पुगेको बेला हावाहुरीले टेन्ट उडाएपछि मतदान प्रभावित भएको छ ।

हावाहुरीका कारण टेन्ट उठाउँदा र टेन्ट टाँग्न बनाएको रडले लागेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा ओखलढुंगाकी सरिता राई, चितवनकी सृजना अधिकारी र सिराहाका राम यादव घाइते भएका छन् ।

कांग्रेसको चुनावमा ३१४८ मत खस्यो, ३० जनाको विवाद कायमै

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ३ हजार १ सय ४८ मत खसेको छ ।

सभापतिका लागि मतदान सकिएको छ । तर, अन्य पदको मतदान भइरहँदा हावाहुरीले टेन्ट उडाएपछि अहिले मतदान सकिएको छ । निर्वाचन समितिका अनुसार झण्डै ८० मतदाताले मतदान गर्न बाँकी छ ।

सबै मतदान सम्पन्न नभएसम्म मुचुल्का उठाउने र मतगणना सुरु गर्ने काम नहुने समितिले जनाएको छ । निर्वाचन समितिले राति १० बजेबाट मतगणना सुरु गर्ने तयारी गरेको थियो । अब प्रभावित हुने संकेत देखिएको छ ।

यस्तै ३० महाधिवेशन प्रतिनिधिको विवाद पनि कायमै छ । तत्कालीन सभापति सुशील कोइरालाले मनोनित गरेका ३० जनाले मतदान गर्न पाएका छैनन् ।

पटक पटक लाइनमा बसेपनि मतदान गर्न नपाएको पर्वतका हरि न्यौपानेले बताए । उनीहरुले मतदान गर्न नपाए मतगणना नै हुन नदिने बताएका छन् ।

प्रतिक्रिया