एसिया कप क्रिकेट : श्रीलंकासँग नेपाल एक रनले पराजित

एसिया कप क्रिकेट : श्रीलंकासँग नेपाल एक रनले पराजित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० मंसिर २०७३
  • 11.2K
    Shares

उन्नाइस वर्षमुनिको (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले टेस्ट खेल्ने राष्ट्र श्रीलंकासँग नेपाल एक रनको झिनो अन्तरले पराजित भएको छ । श्रीलङ्काले नेपाललाई दिएको २२८ रनको चुनौती पछ्याउने क्रममा नेपालले अन्तिम ओभरमा २२६ रनमा आलआउट हुन पुग्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरेले सर्वाधिक ९० रन बनाए पनि अन्तिम ओभरमा आउट हुँदै नेपाललाई जित दिलाउनबाट बञ्चित रहे ।

श्रीलङ्कामा आजदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२७ रनको योगफल तयार ग¥यो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काका लागि हसिथा बोयागोडाले सर्वाधिक ८३ रनको योगदान दिए । इनिङको पहिलो बलमै पहिलो विकेट गुमाउँदा रवीन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

बलिङतर्फ नेपालका पवन सर्राफ र कमल सिंह ऐरीले समान दुई–दुई विकेट लिए । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा श्रीलङ्का, भारत र मलेसिया पनि छन् ।

त्यसैगरी समूह बी मा पाकिस्तान, अफगानिस्तान, सिङ्गापुर र बङ्गलादेश छन् ।

प्रतिक्रिया