लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा

लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० मंसिर २०७३
  • 10.3K
    Shares

काठमाडौँ ३० मंसिर ।

आर्सनललाई पछि पार्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत बुधबार राति भएको खेलमा मिडल्सबर्गलाई ३–० ले हराएको लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा एडम लालनले दुई तथा डिभोक ओरिजीले एक गोल गरे ।

२९ औं मिनेटमा लालनले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले १–० को अग्रता लिए ।६० औं मिनेटमा ओरिजीले गोल गरेपछि लिभपुलको अग्रता दोब्बर भयो । ६८ औं मिनेटमा लालनले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० को सहज जित दिलाए ।

जितपछि लिभरपुलको १६ खेलबाट ३४ अंक भएको छ । समान ३४ अंक नै भएपनि आर्सनल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । १५ अंकसहित मिडल्सबर्ग १७ औं स्थानमा छ ।

प्रतिक्रिया