तीनबुँदे सहमतिपछि सुजाताले रामचन्द्रलाई समर्थन जनाइन्

तीनबुँदे सहमतिपछि सुजाताले रामचन्द्रलाई समर्थन जनाइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० फाल्गुन २०७२
  • 11.1K
    Shares

तीनबुँदे सहमतिपछि पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गरेकी सुजाता कोइरालाले रामचन्द्र पौडेललाई समर्थन गर्ने भएकी छिन् । सुजाताकै निवास मण्डिखाटामा विहीबार बिहान पौडेल र कोइरालाले संयुक्त पत्रकार सम्मेलनको आयोजनासमेत गरेका छन् ।

स्रोतका अनुसार विधान संशोधनपछि महिला उपसभापतिको प्रावधान राख्ने र त्यसमा सुजातालाई जिम्मेवारी दिने पौडेलले सहमति जनाएपछि सुजाता पौडेललाई समर्थन गर्न तयार भएकी हुन् । त्यसैगरी मेन्द्रीय कार्यसमितिमा सुजाताले सिफारिस गरेका पाँच केन्द्रीय सदस्य राख्न पौडेल तयार भएका छन् । आगामी दिनमा सरकारमा नेपाली कांग्रेसको सहभागिता हुँदा पार्टीको तर्फबाट सुजाताको नेतृत्व हुनुपर्ने तेस्रो शर्त रहेको स्रोतले बतायो ।

प्रतिक्रिया