प्रचण्डलाई रिझाउन नसक्दा सिडिओको सरुवा

प्रचण्डलाई रिझाउन नसक्दा सिडिओको सरुवा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० फाल्गुन २०७२
  • 12.6K
    Shares

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनका सहयोगीलाई रिझाउन नसक्दा करिब डेढ महिनाअघि गोरखाको प्रमुख जिल्ला अधिकारी बनेर आएका बलदेव गौतमको सरुवा भएको छ । गौतम माघ ६ गते प्रमुख जिल्ला अधिकारी भएर गोरखा गएका थिए । गोरखामा सहसचिवलाई सिडिओ बनाउने निर्णयसँगै गोरखा गएका गौतमलाई गृहमन्त्रालयले सप्तरी पुर्‍याएको छ ।

स्रोतका अनुसार एमाओवादी अध्यक्ष दाहाल, उनका सहयोगी र कार्यकर्तालाई रिझाउन नसक्दा उनको यटि छोटो समयमै सरुवा भएको आजको को नागरिक दैनिकमा समाचार छ । फागुन १५ गते कार्यकर्ता प्रशिक्षणक्रममा गोरखा गएका दाहालले जिल्लाका प्रशासकले आफूलाई वेवास्ता गरेको गुनासो गर्दै यसको परिणाम केहि दिनभित्रै देखिने बताएका थिए ।

पार्टी जिल्ला कार्यालयमा आयोजित प्रशिक्षणमा दाहालले सिडिओप्रति लक्षित गर्दै सरकारमा रहेको दलको नेता आउँदा प्रशासकले देखाउने व्यवहार गतिलो नभएको बताएका थिए

प्रतिक्रिया