एनसेल प्रयोगकर्तालाई ठग्ने गिरोहका थप तीन पक्राउ, मुख्य योजनाकार अझै फरार

एनसेल प्रयोगकर्तालाई ठग्ने गिरोहका थप तीन पक्राउ, मुख्य योजनाकार अझै फरार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ फाल्गुन २०७२
  • 12.2K
    Shares

एनसेल एपको प्रयोग गर्दै बिभिन्न स्थानका एनसेल प्रयोगकर्तालाई झुक्याएर लाखौं रुपैयाँ ठगी गर्ने गिरोहका थप तीनजनालाई प्रहरीले पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा भारतको बिहार बेतीया निवासी २२ बर्षीय बली उल्लाह, बारा जिल्लाको लिपिनिमाल निवासी २४ बर्षीय जाकिर हुुसेन र बाराकै बरियापुर १ निवासी २४ बर्षीय महताफ आलम रहेका छन् ।

उनीहरु ठगी प्रकरणका मुख्य नाइके भारत राजस्थान निवासी सुमित शर्माद्वारा परिचालित समूहका सदस्य रहेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमूख (डिएसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बारा र पर्सासँगको सहकार्यमा बिरगञ्ज बसपार्कबाट फागुन १७ गते पक्राउ गरिएका उनीहरुलाई बुधबार जिल्ल्ाा प्रहरी कार्यालय पाँचथरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । उनीहरुको साथबाट ५० हजार नगद र तीनथान मोव्ााइल समेत बरामद गरेको थियो ।

प्रहरीले यसअघि सोहि प्रकरणमा संलग्न झापा गौरादह ९ का १८ बर्षीय प्रकाश दाहाल र मोरङको पथरी ९ निवासी ३२ बर्षीय मेघनाथ गिरिलाई पक्राउ जिल्ला अदालतमा ठगी मुद्वा दर्ता गराएको छ । पछिल्लो पटक पक्राउ परेकाहरु बिरुद्व मुद्वा दर्ता गराउनुका साथै मुख्य अभियुक्त सुमितको खोजी गर्ने क्रम जारी रहेको डिएसपी कोइरालाले बताए ।

ठगीका मुख्य योजनाकार सुमितले दैनिक एउटा एनसेलको नम्वर प्रयोग गरेर एनसेलको कर्मचारी बताँउदै पुरस्का परेको छ भनेर ग्राहकहरुलाई कर बापतको रकम पठाउनुस् त्यसपछि हामी तपाँइको पुरस्कार जम्मा गरिदिन्छौ भन्दै पैसा पठाउन लगाएर प्राप्त गरेपछि सम्पर्क बिहिन हुने गरेका छन ।

हालसम्मको प्रहरी अनुसन्धानमा उनीहरुले मेचीको ताप्लेजुङ, पाँचथर, इलाम, बारा, पर्सा र कास्कीको पोखरासम्मका १८ जना एनसेल प्रयोगकर्तावाट प्रतिव्यक्ति १६ हजारदेखि १ लाख रुपैंयासम्म ठगी गरेको पुष्टि भइसको छ । यसरी ठगिएका मध्ये अधिकांश महिलाहरु छन् ।

प्रतिक्रिया