गायक हिमेश श्रीमतीसँग सम्बन्धविच्छेद गर्दै

गायक हिमेश श्रीमतीसँग सम्बन्धविच्छेद गर्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २७ मंसिर २०७३
  • 13.2K
    Shares

चर्चित गायक हिमेश रेशमियाले श्रीमती कोमलसँग सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गरेको चर्चा छ । हालैमात्र बान्द्राको परिवार अदालतमा देखिएका हिमेश र उनकी श्रीमती कोमल केही महिनायतादेखि अलग अगल बस्दै आएका थिए ।

हिमेशले के कारणले सम्बन्धविच्छेद गर्न खोजेको हुन भन्ने कुरा स्पष्ट छैन । तर हिमेश र टेलिभिजन कलाकार सोनिया कपूरबीचको सम्बन्ध सम्बन्धविच्छेदको कारण भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

हिमेशले २२ वर्षको उमेरमा बिहा गरेका थिए । मिडियासँग भने दुबैको सहमतिमा सम्बन्धविच्छेद गर्न खोजेको बताउने हिमेशको कपूरसँग नजिकको सम्बन्ध विकास भएपछि कोमलले आपत्ती जनाउँदै आएकी थिइन ।

प्रतिक्रिया