चर्चित फिल्म बाहुबलीका दक्षिण भारतीय अभिनेता प्रभास आफ्नो आगामी फिल्म ‘आदिपुरुष’लाई लिएर चर्चामा छन् ।
५०० करोड भारुको बजेटमा बनेको यो फिल्ममा उनको सहपाठी भूमिकामा बलिउड अभिनेत्री कृति सेनन छिन् ।
आदिपुरुषले रिलिजअगावै आफ्नो लगानी ८५ प्रतिशत उठाइसकेको छ ।
यही १६ जुनमा रिलिज हुने फिल्मले स्याटलाइट राइट्स, म्युजिक राइट्स, डिजिटल राइट्स र थिएट्रिकल न्यूनतम ग्यारेन्टी गरी ४३२ करोड कमाइ गरिसकेको भारतीय सञ्चारमाध्यम बलिउड हंगामाले जनाएको छ ।
ओम राउत निर्देशित आदिपुरुषमा सैफअलि खान र सन्नी सिंहको पनि मुख्य भूमिका छ । मूलतः तेलुगू भाषामा बनेको फिल्मलाई हिन्दी, तमिल, कन्नड, मलयालम भाषामा पनि रिलिज हुनेछ ।