वेश्यावृत्ति बढाएको भन्दै १२ मोडेललाई ६ वर्ष जेल सजाय

वेश्यावृत्ति बढाएको भन्दै १२ मोडेललाई ६ वर्ष जेल सजाय


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २७ मंसिर २०७३
  • 12.9K
    Shares

इरानको एउटा अदालतले वेश्यावृत्तिलाई बढावा दिएको भन्दै १२ जना मोडेललाई ६ वर्षको जेल सजाय सुनाएको छ । सजाय पाउनेहरुमा फेशन ब्लगर समेत रहेका छन् । सबैजनामाथि पश्चिमी संस्कृतिलाई प्रश्रय गरेर वेश्यावृत्ति बढाएको आरोप छ ।

अदालतले उनीहरुका फेशन उद्योगमा समेत प्रतिबन्ध लगाएको छ । यो वर्षको शुरुमा नै यी मोडेलहरुलाई अनलाईन ग्लैमर फोटो पोष्ट गरेको आरोपमा पक्राउ गरिएको थियो ।

शिराज शहरको अदालतले ६ जना महिला मोडेलसँगै ४ जना पुरुष मोडेललाई समेत सजाय सुनाएको छ । यसप्रकारका अश्लील तस्वीरहरुले समाजमा अश्लिलता फैलिने, वेश्यावृत्तिले प्रश्चय पाउने र इस्लामविरोधी भावना बढ्ने अदालतको ठहर छ ।

प्रतिक्रिया