फुटबल स्टेडियम बाहिर विस्फोट, २९ को मृत्यु

फुटबल स्टेडियम बाहिर विस्फोट, २९ को मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ मंसिर २०७३
  • 9.8K
    Shares

टर्कीको स्तानबुलमा एक फुटबल स्टेडियम बाहिर भएको बम विस्फोटमा कम्तिमा १५ जनाको मृत्यु भएको छ । विस्फोटमा १६६ जना घाइते छन् । टर्कीका आन्तरिक मन्त्री सुलेमान सोइलुका अनुसार दंगा निरोधी प्रहरीदस्ताले एक बसलाई लक्षित गरेको अवस्थामा कार बम विस्फोट भएको थियो ।

विस्फोट टर्कीको चर्चित फुटबल टीमबीच भएको खेलको एक घण्टापछि भएको थियो । अहिलेसम्म हमलाको जिम्मेवारी कसैले पनि लिएका छैनन् । तर, टर्कीमा हुने यस्ता हमलामा कुर्द चरपन्थी या इस्लामिक स्टेट जिम्मवार हुने गरेका थिए ।

टर्कीका ठूला सहरमा चरपन्थी हमलाका घटनामा पछिल्ला दिन बढेका छन् ।

प्रतिक्रिया