मेस्सी र स्वारेज बार्सिलोनासँग छलफल गर्दै

मेस्सी र स्वारेज बार्सिलोनासँग छलफल गर्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ मंसिर २०७३
  • 8.7K
    Shares

लियोनल मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौताका विषयमा छलफल सुरु गरेका छन् । यस्तै स्ट्राइकर लुइस स्वारेज क्लबसँग सन् २०२२ सम्मको सम्झौताको तयारीमा छन् ।

अर्जेन्टिनाका मेस्सीले क्लबसँग सन् २०१८ सम्मका लागि यसअघि नै सम्झौता गरिसकेका छन् । अहिले थप समयका लागि सम्झौता गर्ने विषयमा छलफल भइरहेको हो । क्लबका प्रशिक्षक लुइस इन्ड्रिकले मेस्सीसँग छलफल सुरु भएको र यो निकै खुसीको कुरा रहेको बताएका छन् । यसले आफूलाई थप उत्साहित गरेको उनको भनाई छ ।

यस्तै उरुग्वेका स्वारेजले पनि बार्सिलोनामा बस्ने समय बढाउने तयारी गरेका छन् । सन् २०१४ मा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना गएका स्वारेजले त्यसपछि दुई पटक ला लिगा तथा एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । केही दिनभित्रै स्वारेजसँग नयाँ सम्झौता हुने बार्सिलोनाका अध्यक्ष जोसेप मारिए बार्टोमेउले बताए ।

प्रतिक्रिया