दक्षिण कोरियाली राष्ट्रपति हेलाई महाअभियोग

दक्षिण कोरियाली राष्ट्रपति हेलाई महाअभियोग


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २४ मंसिर २०७३
  • 9.4K
    Shares

दक्षिण कोरियाली संसदले त्यहाँका राष्ट्रपति पार्क ग्युन हेलाई महाअभियोग लगाएको छ । भ्रष्टाचारको आरोप खेपिरहेकी राष्ट्रपति हेलाई महाअभियोग लगाउने प्रस्तावको पक्षमा २ सय ३४ मत परेको छ ।

महाअभियोग लगाउन नहुने पक्षमा भने ५६ जनाले मात्र मतदान गरेका छन् । सत्तारुढ दल र उहाँकै पार्टीका सांसदले पनि महाअभियोगको पक्षमा मतदान गरेका छन् । महाअभियोग लगाउने प्रस्ताव बहुमतले पास भएपछि हे स्वतः पदबाट निलम्बित भएका छन ।

उनको सबै अधिकार अब प्रधानमन्त्री ह्वाङ क्यो अहमा सरेको छ । यद्यपि यसको अन्तिम निर्णय भने संवैधानिक अदालतबाट आउन बाँकी रहेको बिबिसीले जनाएको छ । राष्ट्रपति हेले राजनीतिक निर्णय गर्दा आफ्ना हितैषी मित्रको प्रभावमा परेको तथा रकम हिनामिना गरेको आरोप लागेको छ । राष्ट्रपति भ्रष्टाचारमा संलग्न रहेको भन्दै उहाँको राजीनामाका माग गरेर कोरियामा प्रदर्शन पनि हुँदै आएको थियो ।

प्रतिक्रिया