विश्वयुद्धमा जापानी सेनाले अलपत्र छोडेका १५ सय हतियार फेला

विश्वयुद्धमा जापानी सेनाले अलपत्र छोडेका १५ सय हतियार फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २४ मंसिर २०७३
  • 9.3K
    Shares

सन् १९३७ देखि सन् १९४५ को समयमा चीन र जापानबीच भएको युद्धका सिलसिलामा जापानी सेनाले अलपत्र छोडेका करिब एक हजार ५५५ वटा गोली चीन–रसिया सीमा क्षेत्रमा भेटिएको बिहीबार स्थानीय अधिकारीले बताएका छन् ।

दुईवटा कुहेका बाकसमा अझै पनि प्रयोग गर्न सकिने जस्ता देखिने ४७.५ किलोग्राम गोली नदी किनारमा भेटिएको जिदोङ काउन्टीका नागरिक क्युसिनले प्रहरीलाई जानकारी गराएपछि थाहा भएको हो ।

सुरक्षाकर्मीले गोली राखिएका बाकस जापान र चीन युद्धको समयमा जापानी सेनाले छोडेको हुनसक्ने बताएका छन् । अलपत्र हतियारलाई सुरक्षाकर्मीले बुझी अनुसन्धान सुरु गरेका बताइएको छ । सिन्ह्वा

प्रतिक्रिया