म्यानचेष्टर युरोप लिगको नक आउट चरणमा प्रवेश

म्यानचेष्टर युरोप लिगको नक आउट चरणमा प्रवेश


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २४ मंसिर २०७३
  • 10.4K
    Shares

म्यानचेष्टर युनाइटेड युरोपा लिगको नक आउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जोर्‍या लुहान्स्कलाई २–० ले पराजित गर्दै म्यानचेष्टर युनाइटेड नक आउट चरणमा प्रवेश गरेको हो ।

खेलको ४८ औं मिनेटमा हेनरिक खितर्यानले युनाइटेडका लागि पहिलो गोद गर्दै अग्रता दिलाएका थिए । गोलका लागि म्यानचेष्टर युनाइटेडले धेरै संघर्ष गर्नु पर्‍यो । वायन रुनी र पाउल पोग्बाले राम्रा मुमेन्ट बनाए पनि गोल गर्न सकेनन् । पहिलो हाफमा ७६ प्रतिशत बल पोजिसन कायम बनाए पनि पोग्बा र रुनीले पाएका धेरै अवसरलाई गोल गर्न सकेनन् ।

तर यो सिजनमा म्यानचेष्टर युनाइटेडका लागि तीन खेल खेलका खितर्यानले दोस्रो हाफको सुरुवातमै उत्कृष्ट फिनिसिङ गर्दै गोल गरे । त्यस्तै ८८ औं मिनेटमा जाल्टान इब्राहिमोबिचले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । लुहान्सक भने खेलमा हाबी हुन सकेन । खेलको म्यान अफ द म्याच खितर्यान भए ।

प्रतिक्रिया