शनिबार स्पेनिस ला लिगा अन्तर्गत यो सिजनको पहिलो इएल क्लासिकोमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेका छन् ।
बार्सिलोनाको मैदान नाउ क्याम्पमा शनिबार राति भएको यी दुई बिचको खेललाई कलब फुटबलकै सबैभन्दा ठूलो भिडन्तको रुपमा हेर्ने गरिन्छ ।
खेल हेर्न बार्सिलोनाका डिफेन्डर जेराड पिकेकी श्रीमती साकिरा पनि पुगेकी थिइन् । जब रेफ्रीले खेल सुरु भएको संकेत गर्दै सिट्ठी फुके साकिरा निकै भावनात्मक भइन् ।
निकै प्रतिस्पर्धातमक खेलमा पिकेकी श्रीमती साकिरा कतिखेर निराश त कतिबेला खुसीको मुडमा हुन्थिन् । साकिरा कस्ती देखिएकी थिइन् खेल हेर्दा ? पुरै ९० मिनेट खेल हेरेकी साकिराका हेरौं केही तस्बिर :