एसिया कप : भारतले दियो १ सय २१ रनको लक्ष्य , नेपाल जवाफी ब्याटिङमा

एसिया कप : भारतले दियो १ सय २१ रनको लक्ष्य , नेपाल जवाफी ब्याटिङमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ मंसिर २०७३
  • 14.9K
    Shares

एसिसी एसिया कप ट्वान्टी ट्वान्टी महिला क्रिकेटमा भारतले नेपालसामु १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२० रन बनाएको हो ।

भारतका लागि शिखा पाण्डेले सर्वाधिक ३९ रन बनाइन् । त्यस्तै भेल्लसमी भनिताले २१, अनुजा पटिलले १६, हार्मनप्रित काउरले १४, नुहाज प्रविनले १३, मनिशी जोशीले ५ र सविन्नी मेगानले ४ रनको योगदान गरे । नेपालका लागि सरस्वती कुमारीले २, कप्तान रुविना क्षेत्री, करुण भण्डारी र सरिता मगरले समान एक एक विकेट लिए । अबको कही समयपछि नेपाल जवाफी व्याटिङमा उत्रने छ ।

नेपालले प्रतियोगितामा अहिलेसम्म कुनै खेल जित्न सकेको छैन । बिहीबार थाइल्याण्डसँग ८ विकेटले हारेको नेपाल यस अघि पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट र बंगलादेशसँग ९२ रनले हारेको थियो । अहिलेसम्मको प्रदर्शनका आधारमा नेपाल प्रतियोगिताकै कमजोर टीम देखिएको छ ।

प्रतिक्रिया