क्लोम्बिया विमान दुर्घटना अपडेट – ५ जना बचे, ७६ को ज्यान गएको आशंका

क्लोम्बिया विमान दुर्घटना अपडेट – ५ जना बचे, ७६ को ज्यान गएको आशंका


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १४ मंसिर २०७३
  • 9.4K
    Shares

कोलम्बियामा भएको विमान दुर्घटनामा ८१ जनामध्ये पाँच जनाको ज्यान बचेको छ । स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ, ‘पाँच जना बचेका छन् बाँकीको ज्यान गएको बुझिएको छ ।’

ब्राजिलको एक फुटबल क्लबका खेलाडीसहित ७२ जना यात्रु र चालक दलका ९ सदस्य गरी ८१ जना रहेको विमान कोलम्बियामा दुर्घटना भएको हो ।
कोलम्बियाको मेडेल्लिन शहर नजिक ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडीसहितका यात्रु रहेको विमान दुर्घटना भएको हो । बोलिभियाबाट उडेको चाटर्ड जहाज दुर्घटनामा परेको कोलम्बियाको नागरिक उड्डयन विभागले जनाएको छ ।
टिमले साउथ अमेरिकी क्लब कपको फाइनलमा कोलम्बियाको टिम एथ्लेटिको नेसिओनलसँग बुधबार खेल्न बाँकी थियो । दुर्घटनापछि फाइनल खेल स्थगित गरिएको छ ।
पहाडी क्षेत्रमा नेपाली समय अनुसार मंगलबार बिहान पौने ११ बजे विमान दुर्घटना भएको हो । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ ।

प्रतिक्रिया