राष्ट्रिय जनमोर्चाको अध्यक्षमा चित्रवहादुर केसी निर्वाचित भएका छन् । बुटबलमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट केसी पुन अध्यक्षमा चयन भएका हुन् । त्यस्तै सम्मेलनले उपाध्यक्षमा दूर्गा पौडेल, रश्मीराज नेपाली र बद्री आलमलाई चयन गरेको छ ।
तेस्रो सम्मेलनबाट महासचिवमा जनकराज शर्मा निर्वाचित हुदाँ सचिवमा हिमाल पुरी र कोषाध्यक्षमा ओमबहादुर केसी चयन भएका छन् । सम्मेलनले ३१ पूर्ण र ६ जना बैकल्पिक केन्द्रीय कमिटी समते चयन गरेको छ ।
संघीयताविरुद्ध आन्दोलन गरिने
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धन सरकारमा उपप्रधान तथा गरिवि निवारण र सहकारी मन्त्री छन् । जुन संविधानलाई टेकेर उनी मन्त्री बनेका छन्, उनको दलले भने त्यही संविधानमा व्यवस्था भएको संघीयताविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको समाचार छ ।
गठबन्धन सरकारको साझेदार दल राष्ट्रिय जनमोर्चा (राजमो) ले नयाँ संविधानले अंगिकार गरेको संघीय राज्य प्रणाली खारेजीको माग गर्दै देशव्यापी जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । राजमोले संघीयताबाहेकका संविधानका अन्य व्यवस्थाको कार्यान्वयनमा सक्रिय हुने निर्णय गरेको छ । मोर्चाको बुटवलमा आइतबार सम्पन्न तिनदिने तेस्रो सम्मेलनले यस्तो निर्णय गरेको हो ।
सरकारमा बस्ने कि नबस्ने टुङ्गो निर्वाचनबाट
वर्तमान केपी ओली नेतृत्वको सरकारमा बस्ने कि नबस्ने भन्ने बिषयमा एकमत नभएपछि महाधिवेशनमा मतदान भएको थियो । महाधिवेशनमा सहभागी केेही नेताहरुले सरकारको काम कारबाही प्रभावकारी र सन्तोषजनक नभएकोसरकारबाट बाहिरिनुपर्ने आवाज उठाएका थिए । जसको निर्णको लागि मतदान गरिएको थियो ।
मतदानमा सरकारमा बस्ने पक्षमा २६३ र विपक्षमा १७ मत परेको छ । ५२ जनाले भने मतदानमा भाग लिएनन् । ‘संविधान लागु गरौं, संघियता खारेज गरौं’ भन्ने नाराका साथ शुक्रबारदेखि बुटवलमा सम्मेलन सुरु भएको थियो ।