प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको अघिल्लो दिन विहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत काठमाडौं आएर प्रधानमन्त्री अोली र महत्वपूर्ण सत्ता साझेदार एमाअोबादीका अध्यक्ष प्रचण्डलार्इ भेटेका छन् ।
मोदीका दूतले प्रधानमन्त्री केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डसँग एकै दिन भेटघाट गरे । ओलीको भारत भ्रमणको अघिल्लो दिन मोदीको दूत बनेर भारतीय जनता पार्टीका बरिष्ठ नेता डा. सुब्रमण्यम स्वामी काठमाडौं आइपुगेका हुन् ।
डा. स्वामीले प्रधानमन्त्री ओलीको उच्चस्तरीय भारत भ्रमणका विषयमा छलफल गरेको बताइएको छ । तर, स्वामी अनौपचारिक दूतका रुपमा नेपाल आएको बताइएकाले भारत भ्रमणको प्राविधिक पक्षबाहेक अन्य विषयमा कुरा भए/नभएको जानकारी बाहिर ल्याइएको छैन । स्वामी भारतीय प्रधानमन्त्री माेदी निकट मानिन्छन् । उनी गुजरात सरकारको बिमान प्रयोग गरेर बिहीबार काठमाण्डाैं अाएका हुन् ।
स्वामीले काठमाण्डाै अाएर अोली र प्रचण्डलार्इ भेटेको ट्वीटरमार्फत स्वीकारेका छन् । तर, उनले अाफु मोदीको बिशेष दूत बनेर नअाएको दावी गरेका छन् ।