पोखरा , १८ बैशाख २०८३।
पोखरामा आज बिहानै जिप दुर्घटनाग्रस्त हुँदा कुल पुजामा जाँदै गरेका पांच जना घाइते भएका छन्।
वेगनासवाट सेतिदावान कुल पुजामा जादै गरेको जिप पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दीस्थित खाडेखोला र सालडांडाको विचमा पर्ने स्थानमा B AA 7899 नम्बरको जिप सडकमा पल्टिएर दुर्घटनाग्रस्त हुँदा पांच जना घाइते भएका हुन्।

घाइतेहरुको उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पठाईएको प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता टीकाराम पौडेलले जानकारी दिएका छन्। घाइतेहरुको पुरा पहिचान खुल्न बाँकी रहेको छ। तर पोखराको लेखनाथस्थित बेगनास घर बताउने उनीहरुले स्याङ्जाको सेतीदोभानमा आयोजना हुन लागेको कुलपुजामा जाँदै गर्दा आफूहरु दुर्घटनामा परेको बताएका छन्।