पोखरा , १४ बैशाख २०८३।
पोखराको सभागृह चोकमा माइक्रो बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको मृत्यु भएको छ।
पोखराको हरिचोकबाट छोरेपाटनतर्फ जाँदै गरेको ग.१ ज ४५६२ नम्बरको माइक्रो बसले पोखरा महानगरपालिका-८ सभागृह चोकमा आइतबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको हो।
उक्त माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएका सिन्धुली दुधौली नगरपालिका-१ घर भै हाल पोखरा महानगरपलिका-८ सिमलचौर बस्ने ४५ वर्षीया मायावती कुमरको उपचारको क्रममा गएराती गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उक्त दुर्घटनापश्चात अनुसन्धानका लागि भन्दै माइक्रो बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।