नेपालगन्जमा चल्याे गाेली : ब्राउनसुगरसहित तीन जना पक्राउ

नेपालगन्जमा चल्याे गाेली : ब्राउनसुगरसहित तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ बैशाख २०८३
  • 2.1K
    Shares

पोखरा , १२ बैशाख २०८३।

नेपालगन्जमा गोली चलाएर प्रहरीले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

नेपालगन्ज वडा नम्बर २२ काे शान्ति चाेकमा प्रहरीले गोली चलाएर ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका–२२ स्थित शान्तिचोक क्षेत्रमा ब्राउनसुगरको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रहरीका अनुसार नियन्त्रणको क्रममा एक जना व्यक्ति भाग्ने प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन तीन राउण्ड गोली प्रहार गरिएको थियो। गोली कसैलाई नलागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा नुरमोहम्मद किंगरिया, दिनेश बासखोरी र सरोश शाही रहेका छन्। उनीहरूलाई लामो समयदेखि निगरानीमा राखिएको प्रहरीले जनाएको छ।। उनीहरूको साथबाट प्लास्टिकसहित तौल गर्दा चार सय १५ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा थप अनुसन्धान जारी रहेको र विस्तृत विवरण पछि सार्वजनिक गरिने एसपी जिसीले बताएका छन्।

pic Ai

प्रतिक्रिया