पोखराबाट ठुलो मात्रामा लागू औषधसहित एक युवा पक्राउ

पोखराबाट ठुलो मात्रामा लागू औषधसहित एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ बैशाख २०८३
  • 2.4K
    Shares

पोखरा , १२ बैशाख २०८३।

मिति २०८३।०१।११ गते अं.१९:२० बजेको समयमा जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं. ५ धारापानी स्थित लागू औषधको बिक्री बितरण भईरहेको भन्ने
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा
कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा जिल्ला बाग्लुङ बाग्लुङ
नगरपालिका वडा नं.६ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा
नं. ५ धारापानी बस्ने बर्ष २५ को विपिन नेपालीको घरकोठा खानतलासी गर्दा लागू औषध
डाईजेपाम- ११७ एम्पुल, फेनारगन- ११७ एम्पुल, ब्रुफिनुर्फिन- ११७ एम्पुल गरी जम्मा
३५१ एम्पुल र मोवाईल थान १ समेत बरामद भएको हुँदा निजलाई पक्राउ गरी सम्मानित
कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी
अनुसन्धान प्रकृया अगाडी बढाइएको ।

बरामद सामानको

प्रतिक्रिया