जिल्ला प्रहरी कार्यालय कास्कीका हवल्दार ५० हजार रुपियाँ घुस रकमसहित पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीका हवल्दार ५० हजार रुपियाँ घुस रकमसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ बैशाख २०८३
  • 1.5K
    Shares

पोखरा , १३ बैशाख २०८३।

जिल्ला प्रहरी कार्यालय कास्कीका एक हवल्दार घुस रकमसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत ३९ वर्षीय हबल्दार विष्णु थापा क्षेत्री घुस रकमसहित पक्राउ परेका हुन्।

प्रहरी हवल्दार थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएको प्रहरी टोलीले ५० हजार घुस रकमसहित पक्राउ परेको प्राप्त समाचारमा जनाइएको छ।

पोखरा महानगरपालिका–४ स्थित खाजाघरमा हबल्दार थापाले लागुऔषध मुद्दाका प्रतिवादीसमेतलाई मुद्दा मिलाएर सहजीकरण गरिदिने भन्दै ५० हजार रकम लिएको अख्तियारले जनाएको छ ।

उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया